अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्रीलाई प्रदेश प्रमुख झाको पत्र

मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्रीलाई प्रदेश प्रमुख झाको पत्र


जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद् समावेशी बनाउन सुझाव दिनुभएको छ । प्रदेश प्रमुख झाले आज मुख्यमन्त्री राउतलाई ४ पाने पत्र पठाउनुभएको हो ।

उहाँले प्रदेश २ मा मधेसी आदिवासी, गैर मधेशी लगायतका पक्षलाई सरकारमा समेट्न सुझाव दिनुभएको छ ।

प्रदेश प्रमुख झाले संविधानको धारा ४२ मा रहेको व्यवस्थाअनुसार राज्यका निकायमा समानुपातिक समावेशी आधारमा सहभागिता गराउन आग्रह गर्नु भएको छ ।

प्रदेश प्रमुख झाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई सदस्य महिला हुनुपर्ने लगायतका व्यवस्थाहरू संविधानको धारा १७६ मा उल्लेख रहेको कुरा पनि सम्झाउनुभएको छ ।