अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एमालेले सदन सञ्चालनमा सहयोग गर्ने

कर्णालीमा एमालेले सदन सञ्चालनमा सहयोग गर्ने


सुर्खेत- कर्णाली प्रदेशमा प्रमुख विपक्षी नेकपा एमालेले प्रदेशसभा बैठक सञ्चालन गर्न सहयोग गर्ने भएको छ । दलले कारबाही गरेका, तर सर्वोच्च अदालतको आदेशबाट पुनर्वहाली भएका चार प्रदेशसभा सदस्य विपक्षी रोष्टममा बस्नुपर्ने भन्दै सदन अवरुद्ध गर्ने बताएको थियो ।

त्यही कारण सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचीसमेत प्रभावित भएको थियो । तर, आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले समय लिएर बोल्दै बजेट पेश गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले आफूहरूले विरोधको तरिका बदल्ने बताउनुभयो ।

‘हाम्रो माग कायमै छ, तर तरिका बदलेका छौं । नीति तथा कार्यक्रम सकेर बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले सदन सहज रुपमा अगाडि बढाउन सहयोग गर्छौँ,’ उहाँले भन्नुभयो ।