अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पानी पर्न रोकिने सम्भावना देखिएन, आज पनि चट्याङ्ग सहित​ भारी वर्षा

पानी पर्न रोकिने सम्भावना देखिएन, आज पनि चट्याङ्ग सहित​ भारी वर्षा


काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भागमा चट्याङ्ग सहित​ भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकोले धेरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको हो ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।