अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढीपहिरोबारे महासचिव पोखरेलद्वारा अध्यक्ष ओलीलाई स्थलगत प्रतिवेदन बुझाइयो

रसुवा बाढीपहिरोबारे महासचिव पोखरेलद्वारा अध्यक्ष ओलीलाई स्थलगत प्रतिवेदन बुझाइयो


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ १० गते बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको क्षतिको स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्।

महासचिव पोखरेलको नेतृत्वमा गएको एमालेको अनुगमन टोलीले बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रको स्थलगत अध्ययन गरेको थियो। टोलीले प्रभावित बस्ती, पूर्वाधार, सडक सञ्जाल, जलविद्युत् आयोजना तथा विस्थापित नागरिकको अवस्थाबारे जानकारी संकलन गरेको जनाएको छ।