अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन

टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन


काठमाडौं- नेपाल टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन भएको छ । दुई घण्टाभन्दा बढी समयसम्म सेवा अवरुद्ध भएपछि उक्त विषयबारे अध्ययन गर्न सञ्चालक समितिले उच्चस्तरीय छानविन समिति गठन गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले बुधबार नै टेलिकमका सीसीओ प्रतिभा वैद्यको नेतृत्वमा छानविन समिति गठन गर्नुभएको बताइएको छ ।

बुधबार बिहान करिब साढे दुई घण्टा नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भएको थियो । यसरी सेवा अवरुद्ध हुँदा कम्पनीका ग्राहक सेवाबाट वञ्चित भएका थिए । साथै, कम्पनीले करोडौं आम्दानी गुमाउन पुगेको छ ।