काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।
विप्लवले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज महन्थसँग भेटवार्ता गर्नुभएको हो ।
स्रोतका अनुसार ठाकुरसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले सरकारसँग गरेको सम्झौताको विषयमा छलफल भएको छ ।
नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाटलाई तिव्रता दिनुभएको छ । उहाँले ठूला पार्टीका शीर्ष नेताहरूलाई यसअघि नै भेटिसक्नुभएको छ ।
प्रतिक्रिया