अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विनोद चौधरीको प्रतिबद्धता: उद्यम, व्यापार र रोजगारीबाट समुन्नत नेपाल बनाउँछौँ

विनोद चौधरीको प्रतिबद्धता: उद्यम, व्यापार र रोजगारीबाट समुन्नत नेपाल बनाउँछौँ


काठमाडौं–नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोदकुमार चौधरीले कांग्रेसको राजनीतिक परिवर्तनको गौरवशाली इतिहासलाई आर्थिक समुन्नतिको नेतृत्व गर्ने नयाँ इतिहासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज भिडियो सन्देश जारी गर्दै चौधरीले युवाका सपना, नागरिकका अपेक्षा र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर समयको मागअनुसार सशक्त, गतिशील र जनउत्तरदायी कांग्रेस निर्माण गर्नुपर्ने बताएका हुन्।

‘यस ऐतिहासिक जिम्मेवारीलाई आत्मसात् गर्दै समुन्नत नेपाल निर्माणको राष्ट्रिय अभियानलाई सार्थक बनाउन हामी सबै एकताबद्ध भएर अघि बढ्नेछौँ,’ नवनिर्वाचित उपसभापति चौधरीले भनेका छन्, ‘आर्थिक रूपान्तरण, युवाका आकाङ्क्षाको सम्बोधन र नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ म आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

नवनिर्वाचित उपसभापति चौधरीले पार्टीको महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नभई नयाँ सोच, दृष्टिकोण र कार्यदिशा तय गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। बदलिँदो समय र नागरिकको परिवर्तनप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न कांग्रेसले आफ्नो कार्यशैली र प्राथमिकतामा समेत परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

नवनिर्वाचित उपसभापति चौधरीले नागरिकले आफूले हासिल गरेको सीप, क्षमता र दक्षताअनुसार रोजगारी तथा उद्यम गर्ने अवसर पाउनुपर्नेमा जोड दिएका छन्। भ्रष्टाचाररहित सोच, उद्यमशीलता र व्यापारको विस्तारबाट मात्रै मुलुकको आर्थिक विकासलाई गति दिन सकिने उनको धारणा छ।

नेपालभित्र र विदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई उल्लेख गर्दै चौधरीले विदेशमा रहेका नेपाली स्वदेश फर्किएर आफ्नै देशमा केही गर्न चाहने भावना बोकेको बताएका छन्। उनीहरूका लागि अनुकूल वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ।

‘नेपालभन्दा बाहिर रहेका नेपालीहरू नेपाल फर्कन चाहन्छन्, नेपालमै केही गरौँ भन्ने भावना छ र त्यो वातावरण बनोस् भन्ने तीव्र आकाङ्क्षा र इच्छा छ,’ नवनिर्वाचित उपसभापति चौधरीले भनेका छन्।

उनको भिडियो सन्देशमा आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, भ्रष्टाचाररहित कार्यसंस्कृति र विदेशमा रहेका नेपालीलाई स्वदेशमै अवसर उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ। कांग्रेसको नेतृत्वमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा यी विषयलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले समुन्नत नेपाल निर्माणको अभियानमा सबैलाई एकताबद्ध भएर अघि