अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला घटनामा सरकार मौन हुनु दुखद् : एमाले सुदुरपश्चिम

दार्चुला घटनामा सरकार मौन हुनु दुखद् : एमाले सुदुरपश्चिम


धनगढी– दार्चुलामा हिजो भारतीय सैनिकले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको विषयको नेकपा एमाले सुदूरपश्चिम प्रदेशले गम्भीर आपत्ति जनाएको छ ।

प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्रसिंह रावलले आज विज्ञप्ति जारी गरेर उक्त घटनाका बारेमा सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशबाटै प्रधानमन्त्री भएको वर्तमान अवस्थामा पनि एक नेपाली युवालाई बेपत्ता बनाउने भारतीय सैनिकलाई कारबाही दायरामा ल्याउन तत्काल भारतीय पक्षसँग कुरा गर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।

‘यस्तो घटनालाई सरकारले टुलुटुलु हेर्ने सरकारको प्रवृति देखि हामी दु:खित छौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘सीमा क्षेत्रमा पटकपटक यस्ता घटनाले दुई देशको सम्बन्धलाई खलल पुर्‍याउने भएकोले यस तर्फ ध्यान दिन सरकारलाई हामी आग्रह गर्दछौँ ।’