अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद सचिवालयको सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट

संसद सचिवालयको सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट


काठमाडौं- संघीय संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार अव राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । त्यसको कार्यान्वयन सुरु भइसकेको संघीय संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संघीय संसद्को बैठकमा सदस्यहरूले पटक पटक सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको बिषय उठाएकाले त्यसको कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

सभामुखको निर्देशन अनुसार संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।