अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने


काठमाडौँ-सङ्घीय संसद्, प्रतिनिधि सभाको आज (मङ्गलबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ।

संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको बैठक स्थगित गरिएको हो।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुख डोलप्रसाद अर्यालले  बैठक भोलि २०८३ भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको  सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । 

सूचनामा लेखिएको छ, ‘मिति २०८३ भदौ ९ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले भदौ १० गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’