काठमाडौं-बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाले सत्तारूढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार सांसद अनुपस्थित भएपछि रोकिएको थियो । त्यसपछि थापाले आज विश्वासको मत लिन लागेका हुन् ।
थापाले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेशसभाको बैठक राखिएको थियो । तर, नेकपाका चार सांसद सभामा अनुपस्थित भएपछि बैठक राति ८ बजेका लागि सारिएको थियो । ८ बजेसम्म पनि सांसदहरू नआएपछि बैठक स्थगित गरिएको थियो ।
नेकपा (एमाले) बाट मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही सांसदको समर्थन रहेको छ ।


प्रतिक्रिया