काठमाडौं-काठमाडौंको बुढानीलकण्ठ नगरपालिकास्थित बाँसबारीमा साढे २ तले घर भासिएको छ।
न्यूरो अस्पताल नजिकै रहेको उक्त घर बिहीबार साँझ भासिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
घर भासिँदा त्यहाँ कोही पनि मानिस नभएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
उक्त घरमा ‘न्यू गण्डकी गेस्ट हाउस’ सञ्चालन हुँदै आएको थियो। तर, घर भासिनुभन्दा तीन दिनअघि नै गेस्ट हाउसमा रहेका मानिसहरू अन्यत्र सारिएको प्रहरीले जनाएको छ।
घर भासिनुको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया