अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका पाँचवटा प्रदेशमा आज भारी बर्षाको सम्भावना

देशका पाँचवटा प्रदेशमा आज भारी बर्षाको सम्भावना


काठमाडौं -आज प्रदेश १, प्रदेश २ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले देशका अधिकांश भू(भागमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको जानकारी दिएको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

भोलि राति सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, बागमती, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।