अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन

न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन


काठमाडौं-श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासङ्घको पूर्व महासचिव इन्द्रबहादुर मगर, महासङ्घ र सञ्चार उद्यमी एशोसिएसनको तर्फबाट एक÷एक प्रतिनिधि सदस्यका रुपमा रहने छन् ।

समितिको बिहीबार सम्पन्न बैठकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो । विसं २०७५ देखि पारिश्रमिक पुनरावलोकन हुन नसकेको बताइएको छ ।

कार्यदलले श्रमजीवी पत्रकार ऐन २०५१ को पूर्ण कार्यान्वयन हुन नसक्नुको कारण विश्लेषणसहितको प्रतिवेदन समितिलाई एकमहिनाभित्र पेश गर्नेछ । बैठकले कोरोना सङ्क्रमणमा जोखिम मोलेर काम गर्ने पत्रकारका लागि विषेश राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।