अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं र ललितपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं र ललितपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं– काठमाडौं र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-६ स्थित सडकमा प्रदेश नम्बर ३-०२-००७प६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका-७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृत्यु भएको हो ।

आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

यता ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित माझखोलामा बा४९प ४९०६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलङ्की बस्ने ४८ वर्षीय नीरज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार ललितपुर महानगरपालिका-४ बागडोल बस्ने ४८ वर्षीय नीरज बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।