अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १,लुम्बिनी र सुदुरपश्चिममा आज वर्षा हुने

प्रदेश १,लुम्बिनी र सुदुरपश्चिममा आज वर्षा हुने


काठमाडौं -अहिले बिहान देशका धेरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
बिहान ६ बजे प्रकाशित चेतावनीमा भनिएको छ– देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।