काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको श्वेतपत्रमाथि एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले टिप्पणी गर्नुहुने भएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार श्वेतपत्रमाथि पाण्डेले एमालेको धारणा राख्नुहुनेछ ।
एमाले आन्तरिक समिकरणमा माधव नेपाल नजिक रहनुभएका पाण्डेले गर्ने टिप्पणीलाई चासोका साथ हेरिएको छ ।
अध्यादेशबाट ल्याएको बजेट र अघिल्लो सरकारको आर्थिक नीतिमाथि शर्माको श्वेतपत्रमा खोट लगाइएको छ ।
प्रतिक्रिया