अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं-नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । यस्तै चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ६० हजार ५४५ रुपैयाँ रहेकामा मंगलबार २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ।

यसैगरी सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ४ हजार ७७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य भने सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ ।