काठमाडौं-त्रिशूली-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा योगदान गरेका हुन्।
प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीले उक्त रकम संकलन गरेका बैंकले जनाएको छ। संकलित रकम कोषमार्फत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रममा उपयोग हुने विश्वास बैंकले लिएको छ।

कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कर्मचारीको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउने बैंकको विश्वास छ।
यसअघि पनि कुमारी बैंकले त्रिशूली-भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो।
त्यसैगरी, बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो।
कर्मचारीको स्वैच्छिक योगदानसहित कुमारी बैंकले बाढी प्रभावित समुदायको सहयोगका लागि आर्थिक तथा सामग्रीगत सहयोगलाई निरन्तरता दिएको छ।



प्रतिक्रिया