काठमाडौं-आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत आश्विन १ देखि १५ गतेसम्मका खरिद बिल प्रविष्टि गर्ने अन्तिम दिन आज रहेको छ।
विभागका अनुसार उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले आज बिहीबारसम्म Prize.ird.gov.np मा गई खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गरेर उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
आश्विन १ देखि १५ गतेसम्मका लागि प्राप्त उपहार कुपन आश्विन १६ गते खोलिने र विजेता घोषणा गरिने विभागले जनाएको छ।
उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले विभागले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ।
त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले सूचित गरेको छ।



प्रतिक्रिया