अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन

धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन


काठमाडौं– वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । उहाँको कोभिड-१९ सङ्क्रमणबाट ७१ वर्षको उमेरमा आज ओम अस्पतालमा निधन भएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रूपमा सेवा पुर्‍याउनुभएका उहाँ सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो ।

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उहाँको अथक योगदान रहेको थियो । उहाँका दुई छोरी र एक श्रीमती हुनुहुन्छ ।