काठमाडौं– नेकपा एमाले नुवाकोटले कार्य विभाजन गरेर एकतर्फीरूपमा पार्टीको संगठनात्मक कार्य सुरु गर्न थालेको छ । माधव नेपाल पक्ष पार्टीका नियमित काममा नफर्किएपछि संस्थापन पक्षले एकतर्फीरूपमा पार्टीको संगठनात्मक गतिविधि अगाडि बढाएको हो ।
शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले २६ वटा विभागसहित जनवर्गीय संगठन र स्थानीय तहको नेतृत्वसमेत छानेको छ ।
जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा बसेको बैठकमा बागमती प्रदेशका सहइन्चार्ज काशिनाथ अधिकारी र वागमती प्रदेशका आन्तरिक मामिला मन्त्री केशवराज पाण्डेसमेत उपस्थित हुनुहुन्थ्यो ।
बैठकले पार्टीका सबै संरचनाहरूको पुनर्गठन गरेको बताइएको छ । कस-कसले पाए नयाँ जिम्मेवारी? सूची हेर्नका लागि यहाँ क्लिक गर्नुस्
प्रतिक्रिया