अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतबहादुर खड्कालाई लेखा समिति सभापति उम्मेदवार बनाउँदै कांग्रेस

भरतबहादुर खड्कालाई लेखा समिति सभापति उम्मेदवार बनाउँदै कांग्रेस


काठमाडौं-नेपाली कांग्रेसले सांसद भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। सांसद भीष्मराज आङ्देम्बेले खड्कालाई सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवार बनाउन लागिएको जानकारी दिए।

खड्का डोटीबाट निर्वाचित हुन्। उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट निर्वाचित भएका थिए।

रास्वपाले लेखा समिति कांग्रेसलाई दिने भनेको छ। साथै नेकपा एमाले र नेकपाले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने भएका छन्।

आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ताको कार्यक्रम छ भने निर्वाचन शुक्रबार हुनेछ।