अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले तोक्यो लेबी: मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

रास्वपाले तोक्यो लेबी: मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार


 काठमाडौं-नेपाली राजनीतिमा लेबी भनेको पार्टीका सदस्य, सांसद वा मन्त्रीहरूले आफ्नो नियमित आम्दानी (तलबरभत्ता) बाट पार्टीको कोषमा बुझाउनुपर्ने अनिवार्य रकम हो। यो पार्टी सञ्चालन र आर्थिक व्यवस्थापनका लागि संकलन गरिन्छ।  यसै सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीसहित मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री र सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

मुख्य सचेतक बुर्लाकोटीका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार, सांसदहरूले मासिक १६ हजार ५ सय र  उनीहरूका स्वकीयले २ हजार लेबी पार्टीमा बुझाउनुपर्ने छ। यद्यपि, सांसदहरूले स्वकीय राख्न पाउने कि नपाउने भन्ने अहिले नै निश्चित भैसकेको छैन।

सांसदहरूले स्वकीय राख्न पाउने व्यवस्था भएको खण्डमा सांसदका स्वकीयका लागि पनि लेबीको व्यवस्था हुने बुर्लाकोटीले बताए ।

रास्वपाका १८२ जना सांसद रहेका छन् भने मन्त्री १६ जना रहेका छन्।