अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। 

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो। यसअघि नै रास्वपा संसदीय दलको नेता बालेन्द्र शाह चयन भएका थिए। संसदीय दलको नेता चयन भएसँगै शाह प्रधानमन्त्री नियुक्त भएका थिए। 

यस्तै, रास्वपा संस्दीय दलको मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी चयन भएका छन्। रास्वपा संसदीय दलले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ।