अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश सरकारमा माओवादी बखेडा सुरू, गण्डकीमा मुख्यमन्त्री आलोपालो गर्न माग

प्रदेश सरकारमा माओवादी बखेडा सुरू, गण्डकीमा मुख्यमन्त्री आलोपालो गर्न माग


काठमाडौं– गण्डकी सरकार बनाएको दुई महिना नबित्दै माओवादी केन्द्रले कांग्रेससँग बेखेडा झिक्न सुरू गरेको छ ।

कांग्रेस, माओवादी र जनमोर्चा मिलेर एमाले सरकार ढालेपछि अहिले त्यहाँ कांग्रेसका तर्फबाट त्यहाँ कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनुहुन्छ । तर, माओवादीको केन्द्रीय कमिटी बैठकमा गोरखाका नेता हितराज पाण्डेले मुख्यमन्त्री पद आलोपालो हुनुपर्ने माग अघि सार्नु भएको छ ।

‘गण्डकीको चुनावमा हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुन्छ । त्यसैले पूरै कार्यकाल उसैलाई चलाउन दिएर पार्टीलाई कमजोर र कांग्रेसलाई बलियो बनाउन सकिँदैन,’ नेता पाण्डेले बैठकको समूहगत छलफलमा भन्नुभएको थियो ।

यसका लागि पाण्डेले लुम्बिनीको सहमतिलाई नजिर बनाउनुभएको छ । लुम्बिनीमा माओवादी र कांग्रेस आधाआधा कार्यकाल मुख्यमन्त्री सञ्चालन गर्ने सहमति छ ।

आधा कार्यकालको एजेण्डा अब गण्डकी प्रदेशमा औपचारिक रूपमा उठाउने माओवादीको तयारी छ । ‘लुम्बिनी र गण्डकीमा आफूले आधा कार्यकाल लिने, कर्णालीमा कांग्रेसलाई छोडिदिने अनि संघीय सरकारमा देउवालाई पनि यही नियम लगाउन मनोवैज्ञानिक दबाब दिने माओावदी रणनीति हो यो,’ एक स्थायी कमिटी सदस्यले भन्नुभयो ।