अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा परियार र धिताल

रास्वपाको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा परियार र धिताल


 काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलाई बनाउने निर्णय गरेको छ। वैशाख ३ गते बिहीबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक बनाउने निर्णय गरेको हो।

बुर्लाकोटी पार्टीका महामन्त्री हुन्। उनी गोरखा–२ बाट निर्वाचित सांसद हुन्।

यसैगरी सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ। 

प्रकाशचन्द्र परियार विवेकशील साझाबाट रास्वपामा समाहित भएका हुन्। रास्वपा केन्द्रीय सदस्य धिताल समानुपातिक सांसद हुन्।