अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री पोखरेललाई एमाले संसदीय दलले बुझायो ध्यानाकर्षणपत्र

मुख्यमन्त्री पोखरेललाई एमाले संसदीय दलले बुझायो ध्यानाकर्षणपत्र


काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ ।

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

उहाँले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताउनुभयो ।