काठमाडौं- वैदेशिक रोजगार विभागको महानिर्देशकको कार्यभार दिपक काफ्लेले समाल्ने निश्चित भएको छ ।
केही दिनदेखि रिक्त रहेको विभागको महानिर्देशकको कार्यभार आजदेखि काफ्लेले समाल्ने स्रोतले बताएको छ ।
काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता हुनुहुन्छ । काफ्लेले आज साढे १० बजेदेखि विभागको कार्यभार समाल्ने तयारी गनुभएको छ ।
विभागका महानिर्देशकमा कृष्णप्रसाद दवाडी भदौ ५ गते विभागबाट उमेरहदका कारण अवकास पाउनुभएको छ ।




प्रतिक्रिया