अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएका भीम आचार्यका भाइ मृत फेला

मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएका भीम आचार्यका भाइ मृत फेला


विराटनगर- प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएका भीम आचार्यका भाइ ओछ्यानमै आज बिहान मृत फेला पर्नुभएको छ ।

आज बिहान ५९ वर्षीय राम आचार्यलाई ओछ्यानमै मृत फेला पारेको प्रहरीले जनाएको छ । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा रामलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो । कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको प्रहरीको भनाइ छ ।

मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ।