अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरभित्रका विद्यालय असोज १० गतेबाट खुल्ने

काठमाडौं महानगरभित्रका विद्यालय असोज १० गतेबाट खुल्ने


काठमाडौं- काठमाडौं महानगरभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेबाट सञ्चालन गर्न सकिने भएको छ ।

महानगरपालिकाका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगर शिक्षा समितिले बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो ।

प्रमुख शाक्यले कोभिड–१९ महामारीको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो भन्दै विवेकपूर्ण निर्णय लिनु उचित हुने बताउनुभयो ।