अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण


लुम्बिनी- प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन अनुरोध गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी सो विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गर्नुभयो ।

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता गरेको सो विधेयकमा सञ्चारमाध्यम प्रकाशनरप्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्नेजस्ता प्रावधानप्रति काउन्सिलले असहमति जनाएको छ । त्यस अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले बनाउने कानून संविधान र सङ्घीय कानूनसँग बाझिने गरी आएमा स्वतः खारेज हुने भएकाले सङ्घीय सरकारलाइ पनि कानून निर्माणमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।