अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रीमानले आफ्नै श्रीमतीको हत्या गर्‍यो

श्रीमानले आफ्नै श्रीमतीको हत्या गर्‍यो


अर्घाखाँची-श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३५ वर्षीया सीता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-७ न्युखोला बस्ने उनका श्रीमान ३० वर्षीय बिष्णु विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

श्रीमान र श्रीमतीबीच एकआपसमा सामान्य विवाद हुँदा मंगलबार राति विष्णुले सीताको टाउकोमा लाठी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले श्रीमानलाई पक्राउ गरेको हो । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।