अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेला आज

एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेला आज


काठमाडौं- हिजो मात्र विधान महाधिवेशन सकेको एमालेले आज स्थानीय तहका प्रमुख उपप्रमुखको भेला आयोजना गरेको छ ।

बिहान ९ बजेबाट राष्ट्रिय सभागृहमा भेला सुरु हुने पार्टीको स्थानीय तहका प्रमुख एवं केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो । भेलामा आगामी स्थानीय तहको निर्वाचनका बारेमा पार्टीले कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल हुने जानकारी दाहालले दिनुभयो । दाहालका अनुसार पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्थाका र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुबाट रिर्पोटिङ लिइनेछ ।

विधान महाधिवेशनमा आएका एमालेका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख,उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुनेछन् । भेलालाई दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।