अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्याग भिरेर कार्ड लगाएको मान्छे घरमा आउँदा चन्दा माग्न आयो भनेर घरमुली नै भागे

ब्याग भिरेर कार्ड लगाएको मान्छे घरमा आउँदा चन्दा माग्न आयो भनेर घरमुली नै भागे


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणनाको क्रम अहिले जारी छ । जनगणनाको शिलसिलामा २०७८ सालको जनगणना नेपालको बाह्रौँ जनगणना हो । विं.स. १९६८ मा पहिलोपल्ट सुरु भएको जनगणनामा पहिलो र दोस्रो गणनाको मुख्य उद्देश्य मालिक, कमारा कमारी, बाँधाको सूची तयार गर्ने रहेको थियो भने पछि १९९८ सालसम्म सञ्चालन भएका गणना सामान्य व्यक्ति गणनाका रुपमा मात्र सीमित थिए । बि.सं. १९५२/०५४ सालदेखि सञ्चालन भएका गणनाहरु वैज्ञानिक गणना मानिन्छन् । विं.स. २०१५ सालमा केन्द्रीय तथ्यांङ्क विभागको स्थापना भएपछिका सवै जनगणना विभागले सञ्चालन गर्दै आएको छ ।

यसरी सञ्चालन हुँदै आएको जनगणना के कसरी सञ्चालन हन्छ होला? कस्तो हुन्छ होला ? यस अघि (२०६८ सालको) गणना कार्यमा सहभागी हुन पाए हुन्थ्यो भन्ने मलाई नि धेरै उत्सुकता लाग्यो । ०६८ अगाडि त मलाई उक्त सोच विचार नै आएको थिएन, किनकी म उबेला केटाकेटी नै थिएँ । त्यतिखेरको समयमा पहिलो प्राथमिकता शिक्षक तथा कर्मचारीहरुलाई दिईएको थियो र केही मात्रामा अन्य बरोजगार अनि साधारण व्यक्तिले पनि जनगणनामा काम गर्न पाउने रहेछन् भन्ने कुरा सुन्नमा आयो र मलाइ पनि जनगणनामा काम गर्ने धेरै रहर भएको बेला मोरङ जिल्लामा त्यो अवसर पाएँ । त्यो समयमा गणकको लागि एस.एल.सी. पास र सुपरीवेक्षकको लागि दश जोड दुई पास योग्यता तोकेको रहेछ ।

मेरो शैक्षिक योग्यता गणकका लागि मात्र पुग्ने भएकोले गणकका लागि आवेदन दिएँ र त्यसमा छनौट भएँ । त्यसै क्रममा ५ दिनको गणक तालिममा सहभागी भई तालिम पुरा भयो । मोरङको केराबारी गा.वि.स.भन्ने ठाउँमा मेरो गणना क्षेत्र पर्‍यो । नदेखेको ठाउँ भए पनि मेरो जनगणनामा काम गर्ने ठूलो रहरका कारणले गर्दा म त्यो क्षेत्रमा गएँ । उक्त क्षेत्रका सुपरिवेक्षकलाई भेटी सम्पूर्ण कागज पत्रका साथ वहाँको निर्देशनमा गणना क्षेत्रमा गई गणनाको कार्य सुरु गरेँ ।

पहिलो घरमा कति समय लाग्दो रहेछ भनेर सुपरिवेक्षकले समय हेर्नुभयो । त्यसपछि पहिलो घरमा भरेको विवरण चेक गरी ठिक छ, यसरी नै भर्नु भन्नुभयो अनि दोस्रो जनगणना घरमा पनि मलाई केही सुझाव दिनुभयो । त्यसपछि मलाई उहाँले गणना क्षेत्रको सम्पुर्ण लोकेसन देखाई दिनुभयो र म उहाँको निर्देशन बमोजिम काम गर्दै अगाडि बढेँ । गणना गर्ने क्रममा कुनै कुनै घरमा मानिस नभेटिएकाले अर्को दिन बिहानै ५ बजे नै पुगि गणना कार्य सम्पन्न गर्न सफल भएँ । त्यो बेला मलाई जनगणना घर १३० र जनगणना परिवार सख्या १४५ परेको थियो । मैले पाँच दिनमा उक्त काम सकेर सुपरिवेक्षकलाई बुझाएँ । उहाँले मलाई सँगै राखि सम्पूर्ण विवरण सुपरीवेक्षण गर्नु भएको थियो । यस्तै अनुभवका साथ २०६८ को गणना कार्य समापन गर्न सफल भएको थिए ।

यसैक्रममा सुपरीवेक्षकले आफ्नो क्षेत्रमा नक्साको भरमा आफ्नो गणना क्षेत्र पत्ता लगाई काम गर्नुपर्ने भएकोले मलाई भने यो एक समस्याको रुपमा खडा भएको महसुस गरेको छु । चेतनाको कमी या सूचना प्रचारप्रसारको कमी भनौ केही घरमा आवश्यक सूचना दिन नमान्ने परिवार भेटेँ भने कहीँ ब्याग भिरेर कार्ड लगाएको मान्छे पैसा माग्न आयो भनेर हतार हतार भित्र गएर लुक्ने समस्या भोगें ।

यसैक्रममा १० वर्षपछि पुनः २०७८ को राष्ट्रिय जनगणनाको समय आयो । अनलाइनमार्फत् आवेदन माग भएकोले मैले पनि सुपरीवेक्षकमा आवेदन पेस गरेको थिएँ । छनौटमा परेँ । सुपरिवेक्षक तालिम २०७८ जेठ १६ गते देखि २२ सम्म सहभागी भई तालिम चलिरहेको थियो । त्यसै समयमा कोरोना संक्रमणका कारण देश आक्रान्त भएपछि तालिमको ५औँ दिनमा तालिम स्थगित भयो । स्थगित भएको जनगणना पुनः सञ्चालन भएको छ ।

२१ भदौ २०७८ मा मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना–२०७८ को नयाँ कार्यतालिका स्वीकृत गरेपछि जनगणनाको काम अघि बढ्यो । पुनः भदौ २७ र २८ गते इनरुवामा तालिममा सहभागी भएँ । भदौ ३० गते देखि देशैभरी घर तथा घरपरिवार सूचिकरण फारम भर्नका लागि म जस्ता करीब ८ हजार सुपरभाइजर घर–घरमा पुग्यौं । यो सूचिकरणको कार्य असोज १८ गतेसम्म (२० दिन) भयो । सुपरीवेक्षकको जिम्मेवारी बहन गर्ने क्रममा म पनि सुनसरी जिल्लाको रामधुनी नगरपालिका वार्ड नं. ७ को गणना क्षेत्र १,२,३,४ मा काम गरें ।

यसैक्रममा सुपरीवेक्षकले आफ्नो क्षेत्रमा नक्साको भरमा आफ्नो गणना क्षेत्र पत्ता लगाई काम गर्नुपर्ने भएकोले मलाई भने यो एक समस्याको रुपमा खडा भएको महसुस गरेको छु । चेतनाको कमी या सूचना प्रचारप्रसारको कमी भनौ केही घरमा आवश्यक सूचना दिन नमान्ने परिवार भेटेँ भने कहीँ ब्याग भिरेर कार्ड लगाएको मान्छे पैसा माग्न आयो भनेर हतार हतार भित्र गएर लुक्ने समस्या भोगें । यसरी जनगणनाका लागि घर तथा परिवार सुचिकृत गर्ने क्रममा पिछडिएको समुदायले सहज र स्वतस्फूर्त सहयोग गर्दा एकदमै खुसी र आनन्दको महशुस भयो ।

जनगणना ०६८ मा सञ्चालन भएको जनगणनामा गणकको रुपमा कार्य गरिसकेकोले पनि होला, सूचिकरण कार्यमा सहभागी हुँदा मलाई अन्य कुराहरुमा खासै समस्या नभोगेतापनि तातो घाम त्यसमा पनि खाजा न पानी भएर घर घरमा पुगेर घर तथा परीवारको सुचीकृत गर्न एकदमै कठीन छ । यस्तो अवस्थामा आफ्नो जिम्मेवारीलाई आत्मसाथ गर्दै तातो घाम, भोकै, तिर्खै, कोरोनाको जोखिम मोल्दै घर घर जाँदा कुनै परिवारमूलीले बुझेर पनि धेरैबेर भुल्याउने गर्दछन् भने कुनैले सहजताका साथ सूचिकरणको कार्यमा सहयोग गर्ने गर्नु भएको छ । कुनै परिवारमूली त यस्ता नि भेटिनु हुँदोरहेछ कि घरको कामको ब्यस्तताको बावजुत् पनि आप्mनो टोलको हरेक घर घरमा गएर सहजकर्ताको रुपमा समेत सहयोग गर्नु भएको देख्दा दिनभरीको थकाइ पनि बिर्सिँदो रहेछ ।

जे होस् सुपरिवेक्षकको रुपमा रहि जनगणनाको कार्य गरिरहँदा मुलुकको भावी विकासको मार्गचित्र कोर्ने महाअभियानमा जोडिने सुनौलो अवसर पाएकोमा आफैँलाई भाग्यमानी ठानी निष्ठापूर्वक विश्वासनीय र बस्तुनिष्ठ भई कार्य गर्न सदैव उत्प्रेरित रहनेछु र मेरो गणना, मेरो सहभागीताः राष्ट्रिय जनगणना २०७८ भन्ने नारालाई साकार बनाउन हरतरहले प्रयत्न गरिरहनेछु । घरपरिवारको सूचिकरणपछि अब मुल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मेरो काम गणकहरुको सुपरिवेक्षण र सामुदायिक प्रश्नावली भर्नु हुनेछ ।

जनगणना सुपरिवेक्षक
रामधुनी, सुनसरी