अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आचारसंहिता उल्लङ्घन गरेको भन्दै मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन

आचारसंहिता उल्लङ्घन गरेको भन्दै मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन


इलाम-इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि उहाँले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, ‘एकजना उम्मेदवार निर्वाचन चिन्ह अङ्कित सामग्री लगाएर मतदान गर्न जानुभएछ। यसबारे तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्नु भनेका छौँ।’

उम्मेदवारले चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत हो ।