अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साझा बसमा तोडफोड

साझा बसमा तोडफोड


ललितपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।

ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठोरले जानकारी दिनुभयो ।