कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचारत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ। बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलको बुधवार बिहान उपचारका क्रममा निधन भएको हो।
बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ नम्बरको मोटरसाइकलमा सवार खरेलको बिहान ४:४५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलीप कार्कीले बताउनुभयो । प्रहरीका अनुसार उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोट मात्र लागेको थियो । खरेललाई उपचारका लागि बुटवल हुँदै ट्रमा सेन्टर पुराइएको थियो ।







प्रतिक्रिया