काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भेट भएको हो।
तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुग्नुभएका लु र प्रधानमन्त्री देउवाबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो ।
यस्तै, प्रधानमन्त्री देउवाले हालै सम्पन्न कोप २६ मा घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि लुले अमेरिकाले आर्थिक र प्राविधिक रूपमा सहयोग गर्ने विश्वास दिलाएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया