अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीकी एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

महोत्तरीकी एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ


महोत्तरी- महोत्तरीको भङ्गहा नगरपालिका– २ बखरीकी ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन् बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उनको उपचारका क्रममा १४ गते राति मृत्यु भएको थियो ।

मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।