अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं-श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बुधबार बसेको बैठकमा मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरुप वेल घेरेपछि स्थगित गरेका हुन्।

सभामुख डीपी अर्यालले सभा सञ्चालनका लागि पटक पटक आग्रह गरे पनि वेल घेराउ कार्यलाई निरन्तरता दिएसँगै सदन १५ मिनेट स्थगित भएको घोषणा गरे। यसअघि साम्पाङको वेल घेराउकै बिच सञ्चारमन्त्री विक्रम तिमल्सिनाले उठेका प्रश्नहरूमाथि जवाफ दिएका थिए ।

सुरुमा विनियोजन विधेयकमाथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरि प्रश्न गर्न पाउनुपर्ने श्रम संस्कृति पार्टीको माग थियो ।

मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष  साम्पाङले प्रतिप्रश्न गरेका थिए । प्रतिप्रश्नको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरि प्रश्न गर्न पाउनुपर्ने भन्दै उनले उठेर विरोध जनाएका थिए ।

 

Skip This