काठमाडौं-नेकपा (एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसदको गतिविधिमाथि कटाक्ष गरेका छन्।
सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै नेता बास्कोटाले रास्वपाले ‘केही रंगीला सांसद’ पाएको टिप्पणी गरेका हुन्।
नेता बास्कोटाले केही सांसद सडकमा ‘पिटी खेल्ने’, केही ‘खुट्टा भाँच्ने’ धम्की दिने र केहीले गुडीरहेको गाडीमा फिल्म सुटिङको शैलीमा भिडियो बनाउने गरेको भन्दै व्यंग्य गरेका छन्।
नेता बास्कोटाले गुडीरहेको गाडीमा बनाइएका भिडियोप्रति संकेत गर्दै त्यस्तो दृश्यबाट लिइने रमाइलो फिफा विश्वकपमा ब्राजिलका समर्थकहरूले साम्बा नृत्यबाट पनि लिन नसक्ने टिप्पणी गरेका छन्।
उनको उक्त अभिव्यक्ति पछिल्लो समय रास्वपाका केही सांसद र नेताहरूको सार्वजनिक गतिविधिलाई लक्षित गर्दै आएको राजनीतिक टिप्पणीका रूपमा हेरिएको छ। नेता बास्कोटाले यसअघि पनि रास्वपाको नीति, गतिविधि र अभिव्यक्तिप्रति पटक–पटक आलोचनात्मक धारणा सार्वजनिक गर्दै आएका छन्।







प्रतिक्रिया