अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष शौचालयमा लडेर मृत्यु

बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष शौचालयमा लडेर मृत्यु


रुपन्देही – बुटवल उपमहानगरपालिका-३ का वडाअध्यक्ष ७३ वर्षीय लालप्रसाद बस्यालको शौचालयमा लडेर मृत्यु भएको छ । बिरामी रहेका बस्याल आज घरमै शौचालयमा लडेपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

बुटवलको गोलपार्कमा स्थायी बसोबास गर्दै आउनुभएका बस्याल सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।

स्थानिय तहको निर्वाचनमा विजयी भएपछि उहाँले सडक, खानेपानी तथा सरसफाईलाई वडाभित्र नमूना  बनाउनुभएको थियो ।

बुटवल उपमहानगरपालिकाले वडाअध्यक्ष बस्यालको मृत्युले एक असल कर्मनिष्ठ जनप्रतिनिधि गुमाएको भन्दै समवेदना व्यक्त गरेको छ ।