काठमाडौं– नेकपा एमालेको आगामी महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ ।
रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उहाँले सबैभन्दा धेरै भोट ल्याएर जित्ने दाबी गर्नुभयो । , ‘म आन्दोलनबाट खारिएर आएको नेता हुँ, देशभरिका एमाले कार्यकर्ताले मलाई माया गर्नुहुन्छ । पपुलर भोट ल्याएर जित्ने विश्वास छ,’ उहाँको भनाइ छ ।
एमाले पार्टी युवामैत्री छ भन्ने सन्देश दिनका लागि समेत आफूले सचिवमा उम्मेदवारी दिएको बताउनुभयो । अध्यक्षदेखि उपमहासचिवसम्मका पदहरू सम्मानित नेताहरूलाई छोडेर आफूले सचिव पदमा काम गर्न सकिने जिम्मेवारी रोजेको उहाँको भनाइ छ ।
प्यानलगत प्रतिस्पर्धा नभएकाले अध्यक्ष ओलीले कसैलाई पनि संकेत गर्ने वा आशीर्वाद दिने अवस्था नभएको उहाँको भनाइ छ ।
प्रतिक्रिया