अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले भित्रको ल्याङ ल्याङ सकियो : अध्यक्ष ओली

एमाले भित्रको ल्याङ ल्याङ सकियो : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको ल्याङ ल्याङ अन्त्य भएको बताउनुभएको छ ।

सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले पार्टीबाट केही मान्छे बाहिरिए पनि त्यस भन्दा कयौं गुणा बढी मानिसहरु एमालेमा भित्रिएको बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले एमालेमा प्रवेश गराउन भ्याइनभ्याइ भएको उल्लेख गर्नुभयो । यसले आगामी निर्वाचनमा एमालेलाई सजिलै बहुमतका साथ सरकारमा पु¥याउने स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।