अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवमा डा. शिवमाया तुम्बाहाङ्फेको दाबी

एमाले सचिवमा डा. शिवमाया तुम्बाहाङ्फेको दाबी


काठमाडौं– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नेताहरुले धमाधम नेतृत्व दाबी गरिरहेका छन् ।

एमालेमा प्यानल निर्माण नहुने भएकाले कतिपय नेताहरुले व्यक्तिगतरुपमा उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन आचारसंहिताअनुसार स्वयं उम्मेदवारले उम्मेदवारीबारे प्रचार प्रसार भने गरेका छैनन् ।

पदाधिकारीमा धेरै संख्या रहेको सचिव पदमा अनौपचारिकरुपमा उम्मेदवारी दर्ता गराउनेहरुको संख्या बढी छ । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पनि सचिवमा दाबी गर्नुभएको छ ।

एमाले निकट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षदेखि पार्टीको केन्द्रीय सदस्यसमेत भएर केन्द्रीय भूमिकामा रहनुभएकी तुम्बाहाङ्फे बलियो दाबेदारकोरुपमा देखिनुभएको छ । सर्वाधिक चर्चित उपसभामुखदेखि कानून, न्याय तथा संसदीय ममिला मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सफल नेतृत्व गरिसक्नुभएकी तुम्बाहाङ्फेले सर्वसम्मत् नभए चुनावबाटै भए पनि सहज जीत निकाल्न सक्ने अनुमान गरिएको छ ।