अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४० प्रतिशत युवालाई नेतृत्वमा पुर्‍याउने अभियन्ता हिरा केसीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

४० प्रतिशत युवालाई नेतृत्वमा पुर्‍याउने अभियन्ता हिरा केसीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं– काठमाडौंमा आएर एमालेको दसौँ महाधिवेशनको नेतृत्वमा ४० प्रतिशत युवा प्रतिनिधित्व गराउने अभियान छेड्नुभएका बागलुङका युवा नेता हिरा केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै केसीले बहस सुरु गर्नुभएको थियो ।

केसीको नेतृत्वमा सातै प्रदेशका युवाहरुको भेला भएको थियो ।

युवा संघ नेपालका पूर्वउपाध्यक्षसमेत रहनुभएका केसीले बागलुङलाई केन्द्र बनाएर अभियान चलाइरहनुभएको छ ।

केसीले सबै प्रदेशका युवा नेताहरू मिलेर जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन पार्टी नेतृत्वदेखि पदाधिकारीसम्म ध्यानाकर्षण गराउनुभएको थियो ।

केसीले एमालेमा चारपटक केन्द्रीय सदस्य भएका नेताहरुलाई पदाधिकारी रोज्न वा अवकास लिन अपिल गर्नुभएको थियो । अहिलेजस्तै ७० वर्षसम्म केन्द्रीय सदस्य भइरहने विद्यमान अवस्था कायम रहे एमालेमा युवाहरुको प्रतिनिधि शुन्य हुने उहाँको भनाइ छ ।

नवौं महाधिवेशनमा कुनै प्यानल नरोजी उम्मेदवार हुनुभएका केसीले आफ्नो एजेन्डा दसौं महाधिवेशनमा पूरा भएको बताउनुभयो । दसौं महाधिवेशनमा बिना प्यानल उम्मेदवारी दिन पाउँदा आफ्नो विजय सुनिश्चित भएको उहाँको भनाइ छ ।

केसीको अभियानमा साथ दिने युवाहरुले नारा नै बनाएका छन्, ‘गण्डकीको हिरा, एमालेको मोती, केन्द्रीय सदस्य उम्मेदवार हिरा केसी ।’