चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सौराहामा हुने दसौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
महाधिवेशनको पूर्वसन्ध्यामा उदघाटनस्थल नारायणी नदीको किनार झकिझकाउ बनेको छ । महाधिवेशनका लागि देशभर आएका प्रतिनिधि तथा कार्यकर्ता नारायणी नदीको किनारमा बनाइएको सजावटयुक्त मञ्चमा फोटो खिचाइरहेका देखिन्थे ।
पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा नै पत्रकार सम्मेलन गर्नुभएको थियो ।
भट्टराईले तयारी शतप्रतिशत नजिक भएको भन्दै सभामा ५ लाखको जनसहभागिता रहने दाबी गर्नुभयो । एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ ।
प्रतिक्रिया