अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा

एमाले केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा


चितवन- नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । चितवनमा बन्दसत्र सुरु हुनुअघि उहाँले कर्णाली भूगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ ।

नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन् ।

एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययको संख्या थप्न गर्न राखेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेको छ ।

अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पोलिटब्यूरो ब्यूताएको छ । ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत् छ ।

पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्‍याउने निर्णय भएको छ ।