अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् फ्रान्सको भयानक आन्दोलन

तस्बिरमा हेर्नुहोस् फ्रान्सको भयानक आन्दोलन


पेरिस-महँगी र विद्यालयहरूको कमजोर अवस्थाविरुद्ध फ्रान्समा विद्यार्थीको नेतृत्वमा सुरु भएको आन्दोलन देशव्यापी बनेको छ। प्रदर्शनका क्रममा हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटना बढेका छन्।

बीबीसीका अनुसार शनिबार प्रहरीले कम्तीमा १ हजार २०० जनालाई पक्राउ गरेको छ। राजधानी पेरिसमा शनिबार साँझ विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा प्रयोग गरेको थियो।

प्रदर्शनका क्रममा राजधानी पेरिससहित देशका विभिन्न क्षेत्रमा भवन तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड गरिएको छ। लिमोगेस सहरको टाउन हलमा भएको भीषण आगलागीका कारण छानाको एक भाग ध्वस्त भएको छ। त्यस्तै, विभिन्न सहरमा पसलहरूमा लुटपाटसमेत भएको जनाइएको छ।

प्रदर्शनकारीहरूले टाउन हल र व्यावसायिक प्रतिष्ठानलाई समेत निशाना बनाएका थिए। पेरिसको प्रमुख स्थलचिह्न प्लेस डे ला रिपब्लिक आसपासका क्षेत्रमा पनि आगजनी भएको छ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा १५० प्रहरी अधिकारी घाइते भएको जानकारी दिएका छन्। आन्दोलन देशव्यापी बनेसँगै सार्वजनिक सुरक्षा र सम्पत्तिको संरक्षण चुनौतीपूर्ण बनेको छ।